Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपतञ्जली र आईएमईबीच सम्झौता

पतञ्जली र आईएमईबीच सम्झौता


काठमाडौं । पतञ्जली आयुर्वेद र आईएमईबीच रेमिट्यान्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भारतमा बसोबास गर्ने नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आबद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषि कुमार र आईएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् । हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच मंगलबार दिल्लीमा उक्त समझदारीपत्र आदानप्रदान भएको हो ।

कार्यक्रममा स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने बताए । यस्तै आचार्य बालकृष्णले यो साझेदारीले पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएको बताए । यस्तै उनले नेपालका पतञ्जली केन्द्रहरूबाट पनि रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने जानकारी दिए ।

हरेक वर्ष हजारौँ नेपाली विभिन्न कारणले भारतका विभिन्न क्षेत्रमा प्रवेश गर्दछन् । प्रत्येक भारतीय सहरमा पतञ्जली आयुर्वेदका आउटलेटहरू भएकाले तिनीहरू व्यापक रूपमा पहुँचयोग्य छन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x