Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपरिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णु कुमार अग्रवाल

परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णु कुमार अग्रवाल


काठमाण्डौं,फागुन १५

नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु कुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनीत भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्थाअनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो । वरिष्ठ उपाध्यक्षमा मनोनीत विष्णु कुमार अग्रवाल परिसंघको उपाध्यक्षमा कार्यरत छन् । परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषदको सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा सेवा गर्दै आएका छन् ।

परिसंघको विगत १३औँ वार्षिक साधारणसभापछि उपाध्यक्ष पदमा निर्वाचित उनी नेपालको विभिन्न उद्योग, बैँक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आबद्ध रहेका छन् । परिसंघसँग आबद्ध सीएनआई–वाईईएफको संस्थापक समेत रहेका अग्रवाल परिसंघबाट विगत वर्षहरुमा आयोजित तीन वटा पूर्वाधार सम्मेलनहरुको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेको परिसंघले जनाएको छ । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x