Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो ’ह्याप्पी आवर अन रिचार्ज’

एनसेलले ल्यायो ’ह्याप्पी आवर अन रिचार्ज’


काठमाण्डौं,फागुन १५
एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले एक सय रुपैयाँ र योभन्दा माथिको प्रत्येक रिचार्जबापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्नेछन् । यो अफर बिहीबार (फागुन १५) देखि लागू हुने एनसेलले जनाएको छ । यस भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याइएको यो अफरअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रतिमिनेट (करसहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् । भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुनेछ ।

यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्«स१७१०६ह्यास् डायल गरी आफूलाई अफरमा निःशुल्क रुपमा सहभागी गराउन सक्छन् । यसरी अफर सुरु गरिसकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसीमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकहरुले एक सय रुपैयाँ रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन् । दुई सय रुपैयाँ, तीन सय रुपैयाँ र पाँच सय रुपैयाँ रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिनसक्ने एनसेलले जनाएको छ । यसैगरी ग्राहकहरुले एक हजार रुपैयाँ रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् । यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पु¥याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पु¥याउने एनसेलले विश्वास लिएको छ । यो अफर ९० दिनसम्म सञ्चालनमा रहने बताइएको छ । कम्पनीका अनुसार ग्राहकले एस्टिक्«स१७१०६एस्टिक्«स१ह्यास् डायल गरी आफूले सुरु गरेको अफरको समयसीमा सजिलै थाहा पाउन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x