Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचेम्बर सदस्यले टर्किश एयरमा सुविधा पाउने

चेम्बर सदस्यले टर्किश एयरमा सुविधा पाउने


काठमाण्डौं,फागुन १५
नेपाल चेम्बर अफ कमर्स र टर्किश एयरलाइन्सबीच आपसी समर्थन, लाभ र सहयोगको पहिचान स्थापनाको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर अफ कमर्स र टर्किश एयरलाइन्सबीच संस्थागत स्तरबाट र व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने कार्यक्षेत्रको सह्राहना भएको छ । यस समझदारीले दुई पक्ष दुवैका बीचमा राम्रो समन्वयको भावना जगाउने चेम्बरले जनाएको छ । नेपाल चेम्बर अफ कमर्स र टर्किश एयरलाइन्सबीच हस्ताक्षर समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससँग आबद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रदान गर्ने सहमति भएको छ । टर्किश एयरलाइन्सले नेपाल चेम्बर अफ कमर्सलाई इकोनमी क्लासमा ७ प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।

तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा लागू हुनेछैन । यस समझदारीपत्रले कुनै कुरा थप, परिवर्तन र संशोधन सुझाव दिन अधिकार सुरक्षित राख्छ । यस कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र टर्किश एयरलाइन्सबीच विद्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्किशबीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोशेढुङ्गाको काम गर्ने बताए । उनले नेपाल चेम्बर अफ कमर्स र टर्किश चेम्बर अफ कमर्सबीच व्यावसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x