ब्लाक एण्ड डेकरको ‘डबल डिलाइट’ योजना सार्वजनिक
काठमाडौं । अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले दशैँ तिहारलाई लक्षित गरी ‘डबल डिलाइट’ नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन् ।
लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले एलजीको ५५ इन्चको ओलेद टिभी, एक भाग्यशाली ग्राहकले दुबई टुर प्याकेज, दुई भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र सप्ताहिक उपहारस्वरुप चार भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै स्योर सट उपहारस्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तर्राष्ट्रिय ब्रान्ड्को पर्फ्युम निःशुल्क प्राप्त गर्न सक्नेछन् भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट(ओएल) निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसैगरी गार्मेन्ट स्टिमरको खरिदमा गुणस्तरीय किचेन एप्रोन निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ । यो योजनाको लाभ बिहीबारदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको कम्पनीको दाबी छ । यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले उल्लेख गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया