Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्रिकेटर पारस खड्काको रोजाइमा ‘एक्सयूभी ३००’

क्रिकेटर पारस खड्काको रोजाइमा ‘एक्सयूभी ३००’


काठमाण्डौं,फागुन १५
चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्न मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० खड्कालाई हस्तान्तरण गरेका हुन् । अलराउन्डर क्रिकेटर खड्का, राइटह्यान्डेड ब्याट्सम्यान, राइटआर्म मिडियम फास्ट बलर तथा अफ बेक बलर हुन् । अग्नि ग्रुपद्वारा आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडर घोषणा गरिएकोमा क्रिकेटर खड्काले खुसी प्रकट गरे । ‘अग्नि ग्रुपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवद्र्धक रहिसकेको छु’, उनले भने, ‘अग्नि ग्रुपसँगको मेरो सम्बन्ध २०६३÷६४ साल (सन् २००६–७) देखिकै हो, त्यसयता लामो समयदेखि मेरो अग्नि ग्रुपसँग सुमधुर सम्बन्ध रहँदै आएको छ । हामीले आफ्नो सम्बन्धमा पूर्णव्यावसायिक र व्यक्तिगत सन्तुलन कायम राख्दै आएका छौं ।

यो सहकार्यबाट म निकै हर्षित छु, ।’ आफ्नो पेशागत कारणले एसयूभी गाडी सदैव प्राथमिकताको सूचीमा पर्ने गरेको खड्काले बताए । ‘मेरो पेशागत कारणले एसयूभी (स्पोर्टस युटिलिटी) गाडी सदैव मेरो प्राथमिकता सूचीमा पर्दै आएको छ, जहाँसुकै जाँदा पनि यसमा मैले मेरो थप भारी लगेज लैजान सक्छु’, उनले भने, ‘त्यसैले म सवारी साधनका रूपमा सुरक्षा, आरामदायी र विश्वसनीयता हेर्ने गर्छु । सुरक्षित र शानदार फाइभस्टार रेटिङयुक्त महिन्द्राको एसयूभी एक्सयूभी ३०० आफूले प्राप्त गर्दा म अत्यन्तै प्रफुल्ल छु ।’ यसअघि गत जेठ १० मा अग्नि ग्रुपले पूर्व मिस नेपाल शृङ्खला खतिवडालाई तीन वर्षको लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको थियो । बुधबार पारस खड्कालाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । समारोहमा अग्नि ग्रुपका कम्पनी वरिष्ठ निर्देशक तथा सचिव दुर्गाप्रसाद आचार्य र उपनिर्देशक वरदान बस्नेतलगायत पूर्व मिस नेपाल शृङ्खला खतिवडा उपस्थित रहेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x