Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिम्याटको निःशुल्क अनलाइन तयारी कक्षा

सिम्याटको निःशुल्क अनलाइन तयारी कक्षा


काठमाडौं । विद्यार्थीलाई शैक्षिक गतिविधिमा मद्दत गर्दै आएको एडुसञ्जालले सिम्याटको अनलाइन तयारी कक्षा सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत विद्यार्थीले एडुसञ्जालको आधिकारिक वेबसाइट (सिम्याट डट ईडीयूसञ्जाल डटकम) मा गई सिम्याटको कक्षा लिनसक्ने व्यवस्था गरिएको छ ।

साथै सीमित अवधिका लागि मात्रै यो सुविधा निःशुल्क रूपमा प्रदान गरिएको एडुसञ्जालका संस्थापक बिदुर आचार्यले जानकारी दिए । ‘सिम्याट परीक्षाको तयारीलाई थप सहज बनाउन अनुभवी प्रशिक्षकसँगको सहकार्यमा अनलाइन भिडियो सामग्री राखेका छौँ’, उनले भने, ‘हरेक लेसनको पछाडि क्विज पनि राखेका छौँ । जसले विद्यार्थीलाई आफ्नो बुझाइ र सिकाइको आफैँ मूल्यांकन गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ ।’ भौतिक उपस्थितिमा पठनपाठनका लागि समयको निश्चित अवधि हुँदा विद्यार्थीलाई केही असहज हुने गरेको छ । तर अनलाइन पठनपाठनमा विद्यार्थीले आफ्नो समयअनुकूल पठनपाठन गर्न सहज वा उपयुक्त हुने, साथै काठमाडौँ उपत्यकाबाहिरका विद्यार्थीहरुका लागि पनि यसले थप सहजता प्रदान गर्ने उनले बताए । उनका अनुसार विद्यार्थीले यो अनलाइन कोर्ष पूरा गरिसकेपछि परीक्षाका लागि ट्रिक र टिप्स पाउने, उच्च अंक हसिल गर्न सहयोग हुने, आफैँलाई मूल्यांकन गर्ने र आफ्नो क्षमता पत्ता लगाउने अवसर पाउने र व्यावसायिक तथा दैनिक जीवनमा उपयोगी हुने ज्ञान हासिल गर्नेछन् ।

के हो सिम्याट ? त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत सेमेस्टर सिस्टममा आधारित बीबीए, बीबीएम, बीएचएम, बीआईएम, बीपीए, बीटीटीएम र बीएमएसको शैक्षिक कार्यक्रमका लागि लिइने अनिवार्य ‘एजिबिलिटी टेस्ट एक्जाम’ नै सिम्याट (सेन्ट्रल म्यानेजमेन्ट एड्मिसन टेस्ट) हो । आफूले चाहेको कलेजमा उपयुक्त कोर्ष पढ्नका लागि र छात्रवृत्तिका लागि सिम्याटमा राम्रो अंक ल्याउनुपर्ने हुन्छ ।

सिम्याटको इलिजिबिलिटीमा कक्षा १२ वा सो सरहको पढाइमा १.८ सीजीपीए वा कम्तीमा दोस्रो श्रेणी वा पूर्ण विषयमा सी ग्रेड प्राप्त भएको हुनुपर्छ । ९० मिनेटको सिम्याट परीक्षामा भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी, लजिकल रिजनिङ र जेनेरल अवेरनेस गरी चारवटा सेसन हुन्छन् । हरेक सेसनमा २५ वटा प्रश्न र २५ नै अंकभार बोकेको हुन्छ भने कुल एक सय वस्तुगत प्रश्न हुन्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x