Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएलिकाको दशैँ तिहार अफर

एलिकाको दशैँ तिहार अफर


काठमाडौं । नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएल प्रालिले दशैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

नेपालमा भान्सा उपकरणहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको एलिका ब्रान्डले ‘दशैँ तिहार मनाऔँ, खुसीमा रमाऔँ’ भन्ने नारासहित विशेष अफर सार्वजनिक गरेको हो । यस अफरअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप, हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा इलेक्ट्रिक केट्टल उपहार प्रदान गरिनेछ । यो ग्राहक योजना गत भदौ १३, गतेदेखि नै नेपालभरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

एलिकाले ग्राहकहरूलाई चाडपर्वको अवसरमा पहिलोपटक अफर सार्वजनिक गरेको हो । एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो, जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x