Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको ‘फ्यान फेस्टिबल’

रियलमीको ‘फ्यान फेस्टिबल’


काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलो पटक ८२८ रियलमी फ्यान फेस्टिभलको आयोजना गरेको छ । रियलमीको चौथो वार्षिकोत्सवको अवसरमा गत भदौ १२ गते हात्तीवन रिसोर्टमा यो कार्यक्रम आयोजना गरिएको थियो ।

रियलमी ८२८ फ्यान फेस्टिभल आयोजना गर्नुको मुख्य उदेश्य रियलमी फ्यानहरूसँग अझ नजिक हुन र रियलमी परिवारलाई सामाजिक गतिविधिहरू पदयात्रा र वातावरणीय सरसफाई अभियानमा संलग्न गराउनु रहेको कम्पनीले जनाएको छ । ८२८ फ्यान फेस्टिभल रियलमी फ्यान र रियलमी परिवारसँग छोटो पैदल यात्रा र मनोरञ्जनका साथ दिनभर मनाइएको थियो । रियलमी नेपालका कन्ट्री हेड, मुनिष गिरीले यो कार्यक्रम पूर्ण रूपमा रियलमी फ्यानहरूको लागि आयोजना गरिएको बताए । रियलमी फ्यानहरूको यस्तो अन्तरक्रियात्मक कार्यक्रममा उपस्थिति कम्पनीको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाई थियो । साथै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने बताए ।

यस कार्यक्रमको प्रमुख आकर्षण हाइकिङ, वातावरण सरसफाई र ‘फोटो अफ द डे’ प्रतियोगिता रहेको थियो, जहाँ समिन श्रेष्ठले फोटो प्रतियोगितामा रियलमी थिम युवा र एकताको विजेताको रूपमा रियलमी सी३० जित्न सफल भएका थिए । यसको साथै ८२८ विभिन्न खेलहरू, गिफ्ट ह्याम्पर प्रदान, प्रशंसापत्र, प्रमाणपत्र तथा सम्पूर्ण रियलमी परिवारसँग मायाको चिनो आदान प्रदान गरि मनाइएको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x