Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगछैठौं प्रधानमन्त्री कप आयोजना गर्न ३० लाख खर्च लाग्ने

छैठौं प्रधानमन्त्री कप आयोजना गर्न ३० लाख खर्च लाग्ने


काठमाण्डौं,फागुन १६
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको छैठोैँ सँस्करण बाँकेको नेपालगञ्जमा हुने भएको छ । आगामी आईतबारदेखी हुन लागेको प्रतियोगितामा करिब ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ । यसअघि नेपालगञ्जमै पाँचवटा संस्करण सम्पन्न भइसकेका छन् ।नेपालगञ्जमा सम्पन्न यसअघिका पाँचवटा संस्करण सञ्चालनका लागि विनियोजित बजेट र लागत खर्चको विवरण अहिलेसम्म सार्वजनिक गरिएका छैनन् । यस पटकको प्रतियोगिता सम्पन्न गर्नका लागि भने करिब ३० लाख बजेट आवश्यक पर्ने देखिएको आयोजकको भनाइ छ । जसमा संघीय, प्रदेश, स्थानीय सरकार र खेलकुद परिषद्बाट आयोजकहरुले सहयोगको अपेक्षा गरेका छन । यसअघिका प्रतियोगिताको आर्थिक आय व्यय र खर्चको विवरण प्रभावकारी सार्वजनिक हुन नसेको चौतर्फी गुनासो पनि आइरहेको छ । तर, अहिले हुन लागेको छैठौं प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगीताको आम्दानी र खर्चको विवरण प्रतियोगीता सम्पन्न भएको केही दिनमै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने छैठौँ प्रतियोगिता मुल समारोह समितिका संयोजक प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ले बताइन् ।

उनका अनुसार फागुन २२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि सार्क राष्ट्रका शीर्ष क्लबलाई आमन्त्रण गरिएको छ । प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लवका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने टिमले दुईलाख, उपविजेतालाई एकलाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।नेपाल– भारतका क्लवले मात्र सहभागिता जनाउँदै आएको प्रतियोगितालाई दक्षिण एसियाकै एक नम्बर बनाउने लक्ष्य लिएको संघका अध्यक्ष टिएस ठकुरीले बताए । अघिल्ला वर्षभन्दा बढी टिम सहभागी बनाउने पहल भइरहेको पनि उनले बताए । बाँकेको नेपालगञ्जमा प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगीता २०७० देखि सुरु गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x