Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाईद्वारा पचली भैरवमा सरसफाइ

हुन्डाईद्वारा पचली भैरवमा सरसफाइ


काठमाडौं । हुन्डाई नेपालले नेपालको ‘वी‘भी’ द चेन्ज’अभियानअन्तर्गत पचली भैरव, मन्दिर, टेकुमा सरसफाइ गरेको छ । पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरिएको कम्पनीले जनाएको छ ।

हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको उक्त सरसफाइ कार्यक्रममा स्कूल र मन्दिर परिसरमा रंग पनि लगाइएको थियो । कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा सरसफाइको सवालमा समुदायको आवश्यकतालाई हेरेर आयोजना गरिएको कम्पनीको भनाइ छ । ‘‘वी‘भी’ द चेन्ज’’ अभियान हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य–बद्धता गर्ने पहलस्वरूप ल्याइएको कार्यक्रम हो । यसमा वी‘भी’को अर्थ आजको दिनमा कार्बन न्युट्रालिटीको पर्याय नै बनेको ‘ब्याट्री इलेक्ट्रिक भेहिकल’ हो भने ‘‘वी‘भी’ द चेन्ज’’ परिवर्तनको सुरुवात आफैँबाट भन्ने अवधारणालाई आत्मसात् गर्दै ल्याइएको हो ।

अभियानअन्तर्गत रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण गरिसकिएको छ । आगामी दिनमा पनि कम्पनीले ‘यस अभियानअन्तर्गत पर्यावरण र दिगोपनसम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो ।

कम्पनीले कार्बन न्यूट्रालिटीतर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरणमैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन तयार गर्ने योजना बनाएको छ । हुन्डाईले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा ‘गोल अफ द सेन्चुरी’ नामक विश्वव्यापी अभियान सुरु गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x