Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदोलखामा शैक्षिक सम्मेलन हुने

दोलखामा शैक्षिक सम्मेलन हुने


दोलखां,फागुन १६
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा विकास तथा समन्वय इकाइ दोलखाले दुई दिन शैक्षिक सम्मेलन गर्ने भएको छ ।दोलखा जिल्लाका ३ सय ४७ समुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहने शैक्षिक सम्मेलन फागुन २२ र २३ गते दोलखाको सदरमुकाम चरिकोटको सिमपानी हलमा आयोजना गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् । सम्मेलनमा बालविकास केन्द्रदेखि विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको भूमिकालाई प्रभावकारी बनाउनको लागि विभिन्न अनुभव, व्यवस्थापन र नीतिहरुलाई समावेश गरिने कार्यक्रम रहेको इकाइ प्रमुख श्रेष्ठले जानकारी दिए ।

विद्यार्थी ल्याऔं, टिकाऔं र सिकाऔं भन्ने उद्देश्यलाई कार्यान्वयन गर्न आमसमुदायले खेल्नु पर्ने भूमिका, सामुदायिक विद्यालयको रुपान्तरणका निम्ति उत्प्रेरण एवम् समर्पित शिक्षक उत्पादनलगायतका विषयलाई सम्मेलनले सघाउ पु¥याउने उद्देश्य लिइएको इकाइले जनाएको छ । सम्मेलनबाट सामुदायिक विद्यालयमा सबलीकरणका क्षेत्रहरु पहिचान गरी सबलीकरणका लागि पहल थाल्ने, प्रधानाध्यापकहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, विषयगत तथा कक्षागत सिकाइ उपलब्धि सुदृढ गर्ने लगायतका उपलब्धि हासिल हुने इकाइ प्रमुख श्रेष्ठले आशा व्यक्त गरे । जिल्लामा रहेका ३ सय ४७ वटा सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक, देशमा असल अभ्यास गरेका विद्यालयहरुका प्रधानाध्यापक, पाठ्यक्रम विकाससँग सम्बन्धित विज्ञहरु, मन्त्री, अभिभावक तथा अन्य शिक्षकहरुको सहभागिता रहने शिक्षा समितिको योजना रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x