Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा

फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा


काठमाण्डौं,फागुन १६
फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । विएस–सिक्स प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४ह्४ टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो ।कम्पनीका अनुसार विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिसन भएको यस गाडीमा नयाँ २.० लिटर इकोब्लू डिजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ । साथै यो कच्ची सडकमा पनि सजिलैसँग चलाउन सकिने कम्पनीले जनाएको छ । उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिसनयुक्त यो कार सेलेक्ट सिफ्ट प्रविधियुक्त सेग्मेन्टको पहिलो गाडी हो ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरी निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले बताएको छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडीभित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ । आरामदायी, समानान्तर पार्क सहायतालगायतका फिचरहरू यसमा राखिएका छन् । १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्गसेवा, उत्कृष्ट पर्फरमेन्सका साथ२०२०एन्डेभर एसयूभी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभुत्व स्थापित गर्ने आशा राखेको कम्पनीको भनाई छ । एसयूभी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूभी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त रहेको बताएको छ । यस गाडीमा विशिष्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटरप्रति लिटर माइलेज दिन्छ । फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुपहो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाइ घटाएको छ । उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविष्कारसहितका विशेषताहरू छन् ।

ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ । यस गाडीमा नयाँइञ्जिन डिजल निकास फ्लुइडको प्रयोग गरिएको छ । यस फ्लुईडले नाइट्रोजन अक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ र प्रदूषण कम गर्दछ । कम्पनीका अनुसनर स्टील, आल्मुनियमको मिश्रणसाथ यो कारलाई बलियो र वजनदार रुपमानिर्माण गरिएको छ । कम्पनीका अनुसार २०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलईडी हेडल्याम्प राखिएको छ । अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुवै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ । यस लगायत यो कारमा ८ इन्च टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका छन् । आकर्षक डिजाइन, उत्कृष्ट अफरोड क्षमता, सुरक्षाआदिलाई मध्यनजर गरी निर्माण गरिएको कम्पनीले जनाएको छ । आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको कम्पनीको भनाई छ । कम्पनीका अनुसार यस सेग्मेन्टमा पहिलोपटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडकर बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस)ंको प्रयोग गरिएको छ । त्यस्तै सुरक्षाकालागि ड्राइभरको घुँडाछेउको एयरब्यागसहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् । कम्पनीले यसमा डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध गराएको छ । यस कारको प्रारम्भिक मूल्य १ करोड ४९ लाख रुपैयाँ राखिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x