Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल इको प्यानलले आफैँ बनाउन थाल्यो एडेसिभ सिमेन्ट

नेपाल इको प्यानलले आफैँ बनाउन थाल्यो एडेसिभ सिमेन्ट


काठमाडौं । नेपाल इको प्यानलले इको प्यानल जडानका लागि आवश्यक एडेसिभ सिमेन्ट बनाउने प्लान्ट आफैँ स्थापना गरेको छ । नेपाल इको प्यानल जडान गर्दा आवश्यक पर्ने विशेष प्रकारको टंग एण्ड ग्रुप ज्वाइन्टमा प्रयोग हुने विशेष प्रकारको सिमेन्ट आफैँ बनाउनथालेको हो । यसभन्दा अगाडि कम्पनीले यो सिमेन्ट भारत र चीनबाट आयात गर्दथ्यो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले कम्पनीले एकपछि अर्काे प्रगति गर्दै जाने क्रममा नेपाल इको प्यानल जडानका लागि आवश्यक सिमेन्ट आफैँ बनाउन सुरु गरेको जानकारी गराए । कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा नेपाल इको प्यानल जडान मात्रै गरे पुग्छ । यही नेपाल इको प्यानल जडानका लागि यस्तो विशेष प्रकारको सिमेन्टको आवश्यकता पर्दछ ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भव हुन्छ । निर्माणस्थलमा लगेर जोडे मात्रै पुग्ने भएकाले यसको प्रयोगबाट तीव्र निर्माण सम्भव भएको हो । हलुका, भूकम्प प्रतिरोधीलगायतका कारण पछिल्लो समय यसको माग उच्च रहेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x