लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई फेस्टिभ डिलाइट योजना
काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना सार्वजनिक गरेको छ । कम्पनीले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै उक्त योजना ग्राहकहरुमाझ ल्याएको हो ।
यो ग्राहकमुखी योजना भदौ ३० देखि सुरु भइसकेको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत, ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । सबै हुन्डाई गाडीहरु तीन वर्ष वारेन्टी, छ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष ग्राहकमुखी योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया