खल्ती ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड’बाट सम्मानित
काठमाडौं । खल्ती डिजिटल वालेट ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्स्लेन्स अवार्ड’बाट मलेसियामा पुरस्कृत भएको छ । नेपालबाट क्यान महासंघलगायत विश्वका विभिन्न ८० देशका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित संस्थाहरु सदस्य रहेको विट्साले मलेसियाको पेनाङमा भइरहेको वर्ल्ड कंग्रेस अन इन्नोभेसन एण्ड टेक्नोलोजी २०२२ को दोस्रो दिन खल्तीलाई पुरस्कृत गरेको हो ।
विगत २२ वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दै आएको ग्लोवल आईसीटी एक्सिलेन्स अवार्डका निम्ति विट्साले आफ्नो प्रतिनिधित्व रहेको ८० देशमा रहेका सदस्य संस्थाहरुमार्फत नामांकनका निम्ति आह्वान गरेको थियो । पुरस्कारका निम्ति विभिन्न १४ विधामा नामांकनका निम्ति आह्वान गरिएकोमा नेपालबाट क्यान महासंघमा प्राप्त विभिन्न नामांकनहरुमध्ये तीन विधाका निम्ति सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गरेका विभिन्न पाँचवटा कम्पनी छनौट गरी पठाईएको थियो । जसमध्ये खल्ती डिजिटल वालेट (स्पारो पे प्रा.लि.) विश्वभरवाट प्राप्त सयौं नामांकनहरुमध्ये डिजिटल अपर्चुनिटी/इन्क्लुजन विधामा पुरस्कृत भएको क्यान महासंघले जनाएको छ । खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्का पुरस्कार ग्रहणका निम्ति पेनाङमा उपस्थित भएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया