टेलिकमको सजिलो प्रिपेड कम्बो अफर
काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले असोज २ गतेदेखि एक सय ९९ रुपैयाँदेखि छ सय ९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।
एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफरअन्तर्गत एक सय ९९ रुपैयाँमा चार हजार दुई सय एमबी (दैनिक १५० एमबी) डाटा, चार सय २० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र चार सय २० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस्तै तीन सय ४९ रुपैयाँमा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, एक हजार चार सय मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र एक हजार चार सय (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यसैगरी चार सय ९९ रुपैयाँमा १९ हजार छ सय एमबी (दैनिक ७०० एमबी) डाटा, एक हजार नौ सय ६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र एक हजार नौ सय ६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफरअन्तर्गत छ सय ९९ रुपैयाँमा २८ जीबी (दैनिक एक जीबी) डाटा, दुई हजार आठ सय मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र दुई हजार आठ सय (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफरअन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।
यसका साथै यस अफरअन्तर्गत सन्देश मात्र पठाउनुपर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा ९८ रुपैयाँमा २८ दिनभित्रमा जम्मा छ सयवटा र ६० रुपैयाँमा जम्मा तीन सयवटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । आफ्नो मोबाइलबाट स्टार १४१५ ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया