अग्नि ग्रुपद्वारा महिन्द्रा ट्रियो झोर नेपाली बजारमा सार्वजनिक
काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले महिन्द्रा ट्रियो झोर नेपाली बजारमा ल्याएको छ । कम्पनीले नाडा ईभी एक्स्पोको अवसरमा ट्रियो झोर नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार महिन्द्रा ट्रियो झोर उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ । प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न यो ३ भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधिजस्ता हाइलाइटहरूका साथ, ट्रियो झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर आएको छ । यस पटकको नाडा ईभी एक्सपो २०२२ मा अग्नी इनर्जीले महिन्द्रा इलेक्ट्रिक तीन पांग्रे ट्रियो ई–रिक्सा, ट्रियो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउनेछन् ।
यस्तै ठूला चाडपर्वहरू विश्वकर्मा पूजा, दशैँ, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारीसाधनहरुमा स्क्रयाच कार्डमार्फत आकर्षक नगद पुरस्कारहरु र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत राखेकोे जानकारी कम्पनीले जानकारी गराएको छ । यो योजना महिन्द्रा इलेक्ट्रिक तीनपांग्रे ट्रियो ई–रिक्सा, ट्रियो अटो र पिकअप खरिद गर्नेका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया