Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिजी होल्डिङ्सले ग-यो ग्यापु मार्केटप्लेसलाई अक्वायर

बिजी होल्डिङ्सले ग-यो ग्यापु मार्केटप्लेसलाई अक्वायर


काठमाडौं । लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर (प्राप्ति) गरेको छ । ग्यापुले अहिले नेपालभरि नै सामान डेलिभरी गर्दै आएको छ । ग्यापुले घरायसी सामग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामग्री देशैभरि डेलिभर गरिरहेको छ ।

‘बर्न इन लकडाउन रेज इन लकडाउन’ नारा रहेको ग्यापु मार्केटप्लेसले अहिले दैनिक सात सयभन्दा बढी अर्डरहरु नेपालभर पु-याइरहेको छ । ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवं सीईओ ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका छन् । साथै बिजी होल्डिङले ग्यापुका अपरेसन हेड सुजनी केसीलाई डेप्युटी सीईओको रुपमा नियुक्त गरेको छ ।

ग्यापुले अहिले दशैँलाई लक्षित गर्दै विभिन्न सामान किन्दा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ग्यापुको दशैँ धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामग्री, कपडा, सौन्दर्य सामग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् । ग्राहकले सामान खरिद गर्दा फोन पे, आईएमई पे, कनेक्ट आईपीएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैंकको मोबाइल बैकिङबाट पनि ‘क्यूआर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ । हाल ग्यापुमा हजारबढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत तीन हजार पाँच सयभन्दा बढी भेन्डर्स र दुई लाख १५ हजार बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x