Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअध्ययन केन्द्र निर्माणका लागि श्रीमद्भागवत

अध्ययन केन्द्र निर्माणका लागि श्रीमद्भागवत


जनकपुरधाम, फागुन १९

मिथिला संस्कृति अध्ययन केन्द्र निर्माणको लागि जनकपुरधामको जानकी मन्दिरमा सप्ताहव्यापी सङ्गीतमय श्रीमद्भागवत कथा सुरु भएको छ । मैथिल ब्राह्मण महासभा नेपालको आयोजनामा आइतबारबाट श्रीमद्भागवत कथा सुरु भएको हो । उक्त अध्ययन केन्द्र स्थापना गर्नको लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मंडलका सदस्य एवं धनुषाका क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले संसदीय कोषबाट ५० लाख दिने बताएका छन् । मिथिला संस्कृति अध्ययन केन्द्र निर्माणको लागि अर्थ संकलन गर्न सो कथा वाचनको आयोजना गरिएको मैथिल ब्राह्मण महासभा नेपालका अध्यक्ष भगवान झाले बताए ।

करिब सात करोडको लागतमा जनकपुरधाममा छ तल्ले अध्ययन केन्द्रको भवन निर्माण गर्न लागिएको छ । उक्त मिथिला संस्कृति अध्ययन केन्द्रको पहिलो तल्लामा भाडाको लागि हल निर्माण गरिने, दोस्रो तल्लामा देवलोक बनाइने भएको छ । उक्त देवलोकमा विभिन्न देवी देवताका मूर्ति निर्माण हुुनका साथै तेस्रो तल्लामा मिथिला संग्रहालय निर्माण हुने भएको छ । सो संग्रहालयमा मिथिलाका धरोहरहरू, पुराना समयमा प्रयोगमा आउनेगरेका सामान र लोप हुने अवस्थामा रहेका सामानको प्रतिमा बनाइनेछ । त्यस्तै चौथो तल्लामा ई–लाइब्रेरी, सम्मेलन हल तथा पाँचौ र छैटौँ तल्लामा आवासीय कोठा निर्माण गरिने उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x