Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोबाइल एप्स इकोसिस्टक निर्माण गर्न हुवावे एपग्यालरीको भिजन सार्वजनिक

मोबाइल एप्स इकोसिस्टक निर्माण गर्न हुवावे एपग्यालरीको भिजन सार्वजनिक


काठमाण्डौँ,फागुन १९

हुवावेले सुरक्षित तथा भरपर्दो मोबाइल एप्स इकोसिस्टक निर्माण गर्न हुवावे एपग्यालरीको भिजन सार्वजनिक गरेको छ । हुवावेको आधिकारिक एप वितरण प्लेटफर्म एप ग्यालरीले प्रयोगकर्ताहरूलाई नयाँ विकल्प प्रदान गरिरहेको कम्पनीको दाबी छ । विश्वव्यापी बजारमा तेस्रो एपका रूपमा रहेको हुवावे एप ग्यालरी अहिले विश्वका विभिन्न एक सय ७० देशमा उपलब्ध छ र मासिक ४० करोड सक्रिय प्रयोगकर्ताहरू रहेका छन् । हुवावे कन्ज्युमर बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यूले कम्पनीले गोपनियताको सुरक्षा तथा साइबर सुरक्षालाई उच्च प्राथमिकताका साथ राखेको बताएका छन् । विश्वभर हुवावेका करौडौँ प्रयोगकर्ताहरू रहेका छन् । ब्रान्ड फाइनेन्सको २०२० वार्षिक ग्लोबल ब्रान्ड भ्यालु ¥याङ्किङमा हुवावे १०औँ स्थानमा उक्लेको छ । हुवावेले इकोसिस्टम इन्जिनियरिङका लागि तीन हजारभन्दा बढी इन्जिनियरहरू परिचालन गरेको छ । हुवावेले विश्वभर रहेका डेभलपरहरूका लागि वान–स्टप अपरेशनल सपोर्ट प्रदान गर्दछ साथै इनोभेसनलाई बढावा दिन साइनिङ स्टारजस्ता कार्यक्रमलाई आर्थिक सहायोग उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीका अनुसार एप डिभेलपरको पूर्ण नाम प्रमाणीकरण तथा एप सुरक्षाका लागि चार चरण रिभ्यू प्रक्रियासहितको हुवावे एप ग्यालरी पूर्ण सुरक्षित रहेको छ । कुनै पनि नराम्रो कदमबाट जोगाउनका लागि सबै एपहरूको प्रमाण्ीाकरणसम्बन्धी कडा परीक्षण हुने गर्दछ । यसमा बालबालिकालाई मोबाइल फोन प्रयोगको सुरक्षित वातावरण दिन उमेरसम्बन्धी एज रेटिङ सिस्टम रहेको छ जसले उमेर समूहअनुसार अनुपयुक्त हुने एपहरू फिल्टर गर्दछ । एप ग्यालरीमा प्रयोगकर्ताहरूको संवदेनशील डाटा र गोपनीयता जोगाउन उच्चस्तरको प्रमाणीकरण राखिएको छ । पर्सनल्ली सेन्सेटिभ सूचना जस्तैः बायोमेट्रिक डाटा हुवावेको डिभाइसभन्दा बाहिर प्रोसेस हुँदैन जसले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत डाटामाथि पूर्ण नियन्त्रण दिन्छ । इएमयूआईले प्रयोगकर्ताहरूलाई एप युजर पर्मिसनमाथि नियन्त्रण प्रदान गर्छ । हुवावेले टप एपहरूको छनोट गरी ग्लोबल तथा लोकलाइज्ड (स्थानीय) एपहरू तथा प्रयोगकर्ताहरूको डिजटल जीवनशैलीको अभिन्न भाग बन्न सफल एपहरू बढाउन हुवावे एप ग्यालरी कार्यरत छ । हुवावे एप ग्यालरी सेग्मेन्टहरू १८ वटा विधा रहेका छन् । हुवावेको पछिल्लो साझेदारीअन्तर्गत हुवावेले बेलायतको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एक न्यूज यूकेसँग साझेदारी गर्दै हुवावेका प्रयोगकर्ताहरूका लागि सबैभन्दा विश्वसनीय तथा अपडेटेड समाचार प्रस्तुत गर्ने गरेको बताएको छ ।

हुवावे एप ग्यालरीद्वारा ट्याप टु युज तथा जडान शुल्क नलाग्ने क्वीक एप्स सार्वजनिक हुवावे एप ग्यालरीले ट्याप टु युज तथा जडान शुल्क नलाग्ने क्वीक एप्स सार्वजनिक गरेकाो छ । क्वीक एप्स एउटा एप इकोसिस्टम हो जसमा नयाँ प्रकारको इन्सटोलेसन फ्रि एपहरू हुन्छन् । यसले उत्कृष्ट अनुभव प्रदान गर्दै एचटीएमल पेजका थोरै स्पेश प्रयोग गर्छ । प्रयोगकर्ताहरूले १ जीबी स्पेससहितको बीसवटा नेटिभ स्थानमा दुई हजारभन्दा क्वीक एपहरू राख्न सक्छन् । प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने क्वीक एपहरू डेस्कटपमा राख्न सक्छन् । क्वीक एप्स ३५ करोडभन्दा बढी प्रयोगकर्ताहरूले प्रयोग गर्छन् । हालसम्म १७ सयभन्दा बढी क्वीक एपहरू विश्वव्यापी सार्वजनिक गरिएको छ । हुवावेले एचएमएस इकोसिस्टम निर्माण गर्न प्रयासरत छ र हुवावे एपग्यालरीले हुवावे प्रयोगकर्ताहरूका लागि हुवावे एपग्यालरी अल सिन्यारियो स्मार्ट लाइफ अनुभव प्रदान गर्न प्रतिबद्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x