Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रतिएमबी करिब ५ पैसामै चलाउन सकिने नेपाल टेलिकमको लार्ज डाटा प्याक

प्रतिएमबी करिब ५ पैसामै चलाउन सकिने नेपाल टेलिकमको लार्ज डाटा प्याक


काठमाण्डौँ,फागुन १९

नेपाल टेलिकमले प्रतिएमबी करिब ५ पैसामा नै चलाउन सकिने लार्ज डाटा प्याक उपलब्ध गराइरहेको जनाएको छ । यो प्याक एक पटक सब्स्क्राइब गरेपछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मकरूपमा निकै सस्तो पर्ने टेलिकमले जनाएको छ । कम्पनीले यसअन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकताअनुसार ९० दिनसम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य एक हजार छ सय रूपैयाँ छ ।

त्यसैगरी ६० जीबी प्याक एक सय ८० दिनसम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य तीन हजार रूपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउँदा प्रतिएमबी करिब ५ पैसा मात्र खर्च लाग्दछ । लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ ह्याक्स डायल गरेर विन्टर अफरअन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नुपर्दछ । त्यसैगरी सिधै स्टार १४१५ स्टार १ स्टार ७ ह्याक्स डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ । आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरू सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः अग्रेजीमा डाटा ३० जीबी वा डाटा ६० जीबी लेखेर १४१५ मा एसएमएस पठाउनु पर्दछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x