Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंमा ‘कलिङ साहित्यिक महोत्सव’

काठमाडौंमा ‘कलिङ साहित्यिक महोत्सव’


काठमाडौं । ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । महोत्सव शनिबार बिहानबाट ललितपुरको हिमालय होटलमा सुरु भएको हो । आइतबार बेलुकासम्म चल्ने महोत्सवको शनिबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, भारतीय विष्ट कवि अशोक वाजपेयी, संस्कृतिविद् तुलसी दिवस, वरिष्ठ कथाकार माया ठकुरी लगायतले उद्घाटन गरेका थिए ।

उद्घाटनपछि महोत्सवमा दुईवटा छुट्टाछुट्टै हलमा शनिबार विभिन्न विषयमाथि १७ वटा सेसनहरु चलेको आयोजकले जनाएको छ । ती सेसनमा नेपाल र भातरका कवि, आख्यानकार, नाट्यकर्मी, चलचित्रकर्मी, लेखक, भाषाविद्, संस्कृतिविद्हरुले आआफ्नो विचारहरु व्यक्त गरेका थिए । महोत्सवमा आइतबार पनि बिहानबाट साँझसम्म विभिन्न विषयमा अन्तक्र्रिया तथा अन्य कार्यक्रमहरु सञ्चालन हुनेछन् । महोत्सवमा नेपाल र भारतका गरेर दुई सयभन्दा बढी वक्ताहरुले विभिन्न सेसनमा आफ्ना विचारहरु राखिरहेका छन् । महोत्सवमा अशोक वाजपेयी, सुधीर चन्द्र, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द निलकण्ठसहित ७० जनाभन्दा बढी स्रष्टाहरु सहभागी छन् । उनीहरुले आफ्ना विद्वत्ता पनि अन्तर्क्रियामा प्रस्तुत गर्दै आएका छन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सभ्याताहरु लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे । एक समयका भारतको सरस्वती नदी सभ्याता लोप भएको उदाहरण दिँदै बागमती सभ्याता जोगाउन उनले आग्रह गरे । यस्तै संस्कृतिविद् तुलसी दिवसले नेपाल भारतको सम्बन्धमा यो महोत्सवले साहित्य, संस्कृति, र कलामार्फत नयाँ आयाम थप्ने बताए । महोत्सवले नेपाल र भारतका साहित्यकारलाई अझ नजिक ल्याई थप चिनाउने काम गरेको पनि उनले कार्यक्रममा बताए ।

भारतका वरिष्ठ कवि एवम् साहित्यकार अशोक वाजपेयीले हाम्रो साहित्यसँगै भाषा संस्कृति पश्चिमाबाट अतिक्रमण हुँदै आएको बताए । कवि वाजपेयीले साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले साहित्य सृजनामा निरन्तर लाग्न स्रष्टाहरुलाई अनुरोध गरे । उनले साहित्यलाई हरित रुपमा व्याख्या गर्दै यो साहित्यिक महोत्सवले साहित्यकारमा ऊर्जा थप्ने विश्वास लिएको बताए ।

महोत्सवका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले भारतमा दशौँ संस्करण पूरा गरेपछि यसपटकबाट अन्तर्राष्ट्रिय रुपमा आयोजना गरेको हो । महोत्सव निर्देशक रञ्जना निरौलाले यस पटकबाट यो महोत्सव अन्तर्राष्ट्रिय रुपमा आयोजना भएको कार्यक्रममा बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x