Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङको निर्माण अन्तिम चरणमा

तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङको निर्माण अन्तिम चरणमा


काठमाडौं । तनहुँ परेवाडाँडामा जिपलाइन र ’स्काई रोप साइक्लिङ’ निर्माणको अन्तिम चरणमा पुगेको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ थप गरेको हो ।

केही दिनमा जिपलाइन तयार हुने र स्काई रोप साइक्लिङ पनि कार्तिक महिना भित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । ‘मादी नदी वारपार गर्ने गरी पाँच सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ’, उनी भन्छन्, ‘९० फिट हाइटमा एक सय मिटरको स्काई रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।’ यस्तै, जिपलाइनका लागि एक हजार पाँच सय र स्काई रोप साइक्लिङ (दुई तर्फी)का लागि एक हजार शुल्क तोकिएको उनी बताउँछन् । रिसोर्टले जिपलाइन र स्काई रोप साइक्लिङका लागि मात्र एक करोड २५ लाख बजेट छुट्याएको सापकोटाले जानकारी दिए ।

रिसोर्ट दमौलीबाट पाँच किमि उत्तर परेवाडाँडामा अवस्थित छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल चार रोपनीमा संरचनाहरू बनेका छन् । यस्तै, आगामी दुई वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्कलगायतका संरचनाहरू समेत थप्ने योजना रहेको उनी बताउँछन् । यसबाहेक रिसोर्टमा जाइन्ट स्विङ समेत सञ्चालनमा रहेको छ । उक्त स्विङ दुई वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको सापकोटा बताउँछन् । उनका अनुसार, ९० किलोसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x