Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदुई लाख ८० हजारबराबरका अवैध कुखुरा नष्ट

दुई लाख ८० हजारबराबरका अवैध कुखुरा नष्ट


बुटवल, फागुन २०

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई लाख ८० हजार रूपैयाँबराबरका अवैध कुखुराहरू नष्ट गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी खड्कबहादुर खत्रीका अनुसार प्रहरीले अवैधरूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा फेला पारी नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले १८ गते आइतबार रोहिणी गाउँपालिका–५ तेनुवामा भारतबाट अवैधरूपमा नेपालतर्फ साइकल र मोटरसाइकलमा बोइलर कुखुरा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो ।

नियन्त्रणमा लिन खोज्दा कुखुरा ल्याउने मानिसहरू कुखुरा छाडी भागेका थिए । प्रहरीले तत्काल स्थानीय मानिसहरूको रोहबरमा सात सयवटा कुखरा बरामद गरी आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया पठाइएको थियो । उक्त कुखुराहरू रोहिणी खोलामा खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रतिगोटा दुई किलोका दरले एक हजार चार सय किलो मूल्याङ्कन गरिएको सूचना अधिकारी खड्कबहादुर खत्रीले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x