Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीको नयाँ ‘स्टेट अफ दि आर्ट शोरुम’ नारायणचौर नक्सालमा

बीवाईडीको नयाँ ‘स्टेट अफ दि आर्ट शोरुम’ नारायणचौर नक्सालमा


काठमाडौं । बीवाईडीको एक मात्र आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । यसअघि बीवाईडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन बिक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि सञ्चालनमा ल्याएको हो । नयाँ शोरुमको उद्घाटन कम्पनीका ब्राण्ड एम्बेसडर हरिवंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्धनिर्देशक यमुना श्रेष्ठलगायतको उपस्थितिमा भएको हो । शोरुम उद्घाटन गर्दै ब्राण्ड एम्बेसडर हरिवंश आचार्यले विद्युतीय साधनको उपभोग बढाउन अपिल गरेका थिए । त्यसैगरी बैंकर अनिल शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरीय उत्पादन बिक्री गर्न उत्कृष्ट शोरुम निर्माण गरेको बताए ।

यस्तै शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्धनिर्देशक यमुना श्रेष्ठले कम्पनी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएको बताइन् । कम्पनीले केही दिनअघि मात्रै पनि बिक्रीपछिको सेवा प्रदान गर्न गौरीघाटमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको उनको भनाइ थियो । साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिँदै प्रिमियम इलेक्ट्रिक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिए । बीवाईडीले नक्सालमा बनाएको नयाँ शोरुम तीन हजार स्क्वायर फिटमा फैलिएको छ ।

यस्तै कम्पनीले सार्वजनिक गरेको नयाँ मोडल एटो थ्री लामो समयदेखि ग्राहकले प्रतीक्षा गरिरहेको बीवाईडीको ग्लोबल मोडल हो । विश्वका करिब ७० देशमा बिक्री गर्ने तयारी भइरहेको एटो थ्रीले विश्वबजारमा सफलता पाउन सुरु गरिसकेको कम्पनीको दाबी छ ।

बीवाईडीको डेडिकेटेट ईभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन भएकै कारण यसलाई मन पराउने मानिस बढ्दै गएका छन् । आधुनिक फिचरले भरिपूर्ण क्याबिनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेसन डिस्प्ले, ७ वटा एयरब्याग, मल्टी फंक्सनल स्टेरिङ ह्विल रहेको छ । म्युजिक र स्पोर्ट्स थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड, आठवटा स्पिकर, किलेस इन्ट्री, एम्बियन्ट लाइटले यसलाई निकै ‘प्रिमियम फिल’ प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा स्ट्यान्डर्ड र लङ रेन्ज भेरियन्ट उपलब्ध रहे पनि अहिले नेपालमा स्ट्यान्डर्ड भेरियन्ट मात्रै उपलब्ध छ । एटो थ्रीको चारवटै चक्कामा डिस्क ब्रेक दिएको छ । १८ इन्चको अलोय ह्विल, एलईडी हेडल्याम्प, डे टाइम रनिङ लाइट, फलोमी हेडल्याम्पजस्ता फिचर पाउन सकिन्छ । युरो एनक्यापमा एडल्ट र चाइल्ड प्यासेन्जर सुरक्षामा फाइभ स्टार रेटिङ पाएको छ । नेपाल आएको एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । एटो थ्रीले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । सुरक्षाको लागि यसमा सातवटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डिजिटल भिडियो रेकर्डर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर पाउन सकिन्छ । एडीएएस लेभल दुईबराबरको सुरक्षा फिचर यसमा उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x