भायानेट कम्युनिकेसन सञ्चालनको २३ वर्ष पुरा
काठमाडौं । भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ । भायानेट उत्कृष्ट डिजिटल सेवाहरूमार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो । यो अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपी टिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको छ ।
सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बन्यो । यसरी भायानेट कुनै पनि स्यरिङ रेसियो बिना डेडिकेटेड इन्टरनेटमार्फत द्रुतगतिको इन्टरनेट प्रदान गर्ने कम्पनी पनि बन्यो । त्यसैगरी सन् २०१६ मा भायानेट आईपीटीभी सेवाहरू प्रस्तुत गर्ने पहिलो कम्पनी मध्य एक बनी नेपाली ग्राहकहरूको टिभी हेर्ने अनुभवलाई परिष्कृत बनाउन सघायो ।
आजको दिनमा कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नाका साथै थप ग्राहकहरुमाझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको कम्पनीले जनाएको छ ।
भायानेटले आफ्नो अल्ट्रा–फाई इन्टरनेट लाइनअपहरूमार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौँ ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।
भायानेटको अर्को उत्कृष्ट उत्पादन भाया टिभीले सस्तो दरमा १७५+ टिभी च्यानलहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले भर्खरै भाया टिभीलाई भाया टिभी २.० मा अपग्रेड गरी अलग–अलग दर्शक प्रोफाइलहरू, पिक्चर–इन–पिक्चर मोड, पे–पर–भिउ लगायतका आधुनिक फिचरहरू लिएर आएको छ ।
आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले यस यात्रालाई स्मरणीय र रोचक बनाउन हरदम साथ दिएकोमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिएको छ । भविष्यमा भायानेट कम्युनिकेसनले व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टिभी र अन्य डिजिटल सेवाहरूको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन र सेवाहरूलाई अझ बढी व्यवस्थित र विस्तारित गराउने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया