Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएभरेष्ट बैंकको न्यूरोड शाखाको औपचारिक उद्घाटन

एभरेष्ट बैंकको न्यूरोड शाखाको औपचारिक उद्घाटन


काठमाण्डौँ,फागुन २०
एभरेष्ट बैंकले आफ्नो न्यूरोड कम्प्लेक्समा अवस्थित न्यूरोड शाखा औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ सुविधाहरू पनि प्रदान गर्दछ । नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका हुुन् । सोही समारोहमा डेपुटी गभर्नर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा बफादार ग्राहकहरूलाई संयुक्तरूपमा सम्मानित गरेका छन् ।

चेक डिपोजिट, युटिलिटी बिल भुक्तानी र एटीएमजस्ता आधुनिक बैकिङ सुविधाहरू र ई–लबीमार्फत ग्राहकहरूलाई सहज बैकिङ सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ । सो अवसरमा अन्य विशिष्ट अतिथिहरू डा. सन्धिरकुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकमा हाल कुुल ग्राहक संख्या १० लाखभन्दा बढी रहेको छ । एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज्ड कमर्सियल बैंक २०१९ सम्मानित बैंक हो । बैंकले ९५ स्थानीय शाखा, तीनवटा एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, एक सय २३ एटीएमबाट मजबुत सेवा प्रदान गदै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x