Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्यापुको ‘दीपावली वहार’ अफरमा २० प्रतिशतसम्म छुट

ग्यापुको ‘दीपावली वहार’ अफरमा २० प्रतिशतसम्म छुट


काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दीपावली वहार’ अफर ल्याएको छ । तिहारलाई लक्षित गर्दै ग्यापु प्रयोगकर्ताले विभिन्न सामग्री खरिद गर्दा ग्राहकले विशेष छुट पाउने व्यवस्था गरिएको हो ।

उक्त अफर सोमबारदेखि सुरु भई कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ । जसअन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यस्तै, मेन्स अफिसर ब्यागको खरिदमा २० प्रतिशत, भाइटीका मसलामा १० प्रतिशत, मिठाइमा १० प्रतिशत, विभिन्न ब्रान्डका स्किन केयर सामग्रीमा २० प्रतिशत छुट छ ।

साथै ब्रेड ट्रिमल लगायतका सामग्री खरिदमा २० प्रतिशत, फलफूलमा २० प्रतिशत र स्विन कुर्तामा समेत २० प्रतिशतसम्म छुट रहेको ग्यापुले जनाएको छ । यसबाहेक सामान खरिदका लागि हिमालय बैंक, एनआइसी एसिया बैंक, मेगा बैंक, एनएमबि बैंक, इसेवा, फोनपे, खल्तीलगायतबाट रकम भुक्तानी गर्दा विशेष क्यासब्याकको समेत व्यवस्था गरिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x