Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनारितामा निगमको नियमित उडान सुरु

नारितामा निगमको नियमित उडान सुरु


काठमाण्डौँ,फागुन २०

नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान सोमबारदेखि सुरु गरेको छ । सोमबार (२ मार्च २०२०) देखि जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान सुरु गरेको हो । एयरबस वाइडबडीबाट गरिने सिधा उडान हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार हुनेछ । सोमबार बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको सो विमान सोमबार नै अपराह्न ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गरेको छ । नारिता जाँदा २ सय ३४ यात्रुहरुले विमानबाट यात्रा गरेका थिए भने फर्किँदा २ सय ६५ जनाले यात्रा गरेको निगमले जनाएको छ ।

नारिताको पहिलो उडानमा नै यात्रुहरुको यो संख्यालाई उल्लेखनीय मानिन्छ । आगामी दिनका उडानहरुको लागि पनि राम्रै संख्यामा यात्रुहरुले बुकिङ गरेका छन् । नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ । सिधा उडानले ट्रान्जिटको झञ्झठ समाप्त भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x