Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेन्साइको ‘३ को झट्का’ योजनाको पहिलो विजेता घोषण

सेन्साइको ‘३ को झट्का’ योजनाको पहिलो विजेता घोषण


काठमाडौं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साइले नेपालीहरूको चाड दशैँ तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘सेन्साइ ३ को झट्का’ नामक योजनाको पहिलो विजेता घोषणा गरेको छ । यस पहिलो लक्की ड्रको विजेता वीरगञ्ज निवासी अकलेश कुमार पटेल रहेको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत सेन्साइ ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत बम्पर उपहारमा ‘आर १५ भिथ्री बाइक’ र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिनेछ । सोही योजनाअन्तर्गत पहिलो लक्की ड्रको बिजेता सेन्साइ ब्रान्डको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिएको हो । यस योजनाका पहिलो विजेता पटेलले एप्पल आइप्याड १०.२ जितेका छन् ।

कम्पनीका अनुसार उनले वीरगञ्जको आरके इलेक्ट्रोनिक्समार्फत सेन्साइको चेस्ट–फ्रीजर खरिद गरेका थिए । यस्तै यस योजनामा लक्की ड्रमार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरू घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ । यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साइका कुनै पनि सामानको खरिदपश्चात् अंग्रेजीमा सेन्साइ टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।

कम्पनीले यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको जनाएको छ । सेन्साइले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरूका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x