Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसाना व्यवसायको वृद्धिमा भएका अवरोध न्यूनीकरण गर्न प्रदेशस्तरीय छलफल

साना व्यवसायको वृद्धिमा भएका अवरोध न्यूनीकरण गर्न प्रदेशस्तरीय छलफल


काठमाण्डौँ,फागुन २०
नेपाल उद्योग परिसंघको आयोजनामा साना व्यवसायको वृद्धिमा भएका अवरोध न्यूनीकरणसम्बन्धी प्रदेशस्तरीय छलफल भएको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडामा नेपालको साना व्यवसायको विकासमा बाधा पु¥याउने नीति र नियममा अवरोध न्यूनीकरणसम्बन्धी प्रदेश स्तरीय छलफल भएको हो । छलफलमा विभिन्न प्रदेशिक मन्त्रालयका प्रतिनिधिहरू, स्थानीय सरकारका प्रतिनिधिहरू र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा सहभागीहरूले स्थानीय व्यवसायका लागि सक्षम वातावरण बनाउने बारेमा छलफल भएको परिसंघले जनाएको छ ।कार्यक्रममाम बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री डा. अरुण प्रसाद नेपालले सरकारको नीति र नियमहरु त्यहाँका उद्यमीहरुलाई अनुकूल व्यवसायको प्रवद्र्धनको लागि भएको बताए । यस्ता छलफलले व्यवसायको प्रवद्र्धनका लागि सरकारका प्रयासहरू सुनिश्चित गर्न आवश्यक दिशा प्रदान गर्ने उनले बताए ।

कार्यक्रमको सुरुमा स्थानीय वित्त विज्ञ पवन लोहानीले विद्यमान कर नियम र स्थानीय व्यवसायको दर्ताका प्रावधानहरुका सम्बन्धमा प्रस्तुति दिएका थिए । कर भनेको सरकारले नागरिकलाई लगाएको अनिवार्य भुक्तानी हो । ‘शुल्कहरू सरकारद्वारा प्रदान गरिएको सेवाको लागि जनताले गरेको स्वैच्छिक भुक्तानहरू हुन् । उहाँले कर दर निर्धारण गर्दा सरकारले करदाताहरूको दुबै क्षमता र क्रमशः सेवाहरू पु¥याउने कार्यलाई ध्यानमा राख्नुपर्छ’, उनले भने । उक्त छलफल यूके एड कोषबाट पूर्णिमा कार्यक्रमको सहयोगमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको साझेदारीमा नेपाल उद्योग परिसंघले आयोजना गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x