Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरेललाई ५१ हजार रुपैयाँ प्रदान

पोखरेललाई ५१ हजार रुपैयाँ प्रदान


काठमाण्डौँ,फागुन २०
गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो भएका छन् । प्रतियोगितामा प्रथम भएका पोखरेलले नगद ५१ हजार र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै दोस्रो भएका दिनेश विक्रम थापाले नगद ३१ हजार पाए भने तेस्रो स्थान हासिल गरेका पदम दाहालले नगद २१ हजार पाए । सान्त्वना पुरस्कारबापत याज्ञवल्क्य न्यौपाने र डाक्टर सत्यराज थपलियाले १०–१० हजार प्राप्त गरे । विजयी कविहरुलाई शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कृत गरेका थिए । त्यस्तै प्रदेशतर्फ एक नम्बरबाट जीवन आरोही, खोलाघरे साइँलो र गणेशप्रसाद खतिवडा उत्कृष्ट भएका छन् ।

दुई नम्बर प्रदेशका सम्पतकुमार काफ्ले उत्कृष्ट भए । तीन नम्बर प्रदेश (वागमती)मा शम्भुप्रसाद गजुरेल, दीपक सापकोटा र मुकुन्द शर्मा चालिसे उत्कृष्ट घोषित भए । चार नम्बर प्रदेशबाट संयोग बस्याल, राजकुमार देवकोटा र गंगा आचार्य सापकोटालाई उत्कृष्ट घोषित गरियो । पाँच नम्बरबाट कर्मसही घर्ती मगर, सुमन थापा र आरबी निश्चल उत्कृष्ट भए । त्यस्तै ६ नम्बर प्रदेश (कर्णाली)बाट सिर्जना शर्मा, उमेश पुन एटम र नगेन्द्रप्रसाद आचार्य उत्कृष्ट भए । ७ नम्बरबाट हिरा भट्ट, मोहित जोशी र केशवराज भट्ट सागर उत्कृष्ट घोषित भए । प्रदेशमा उत्कृष्ट भएका सबै कवि–कवयित्रीहरुलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।गत शुक्रबार आयोजना भएको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकामा चाँडै नगर प्रज्ञा परिषद् गठन गरिने जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x