Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘तान्जानिया र नेपालबीच व्यापार सम्भव’

‘तान्जानिया र नेपालबीच व्यापार सम्भव’


काठमाण्डौँ,फागुन २०
तान्जानियाका राजदूत बाराका एच लुभान्डाले तान्जानिया र नेपालबीच व्यापार गर्न सम्भव रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र तान्जानियाका राजदूत लुभान्डाबीच आइतबार भएको भेटमा लुभान्डाले अहिले तान्जानिया र भारतको मुम्बईबीच प्रत्यक्ष हवाई सम्पर्क कायम भएकोले नेपालसँग पनि व्यापार गर्न सम्भव रहेको बताए । भेटमा उनले तान्जानिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीजसँग द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन गर्न समझदारीपत्र कायम गर्न सुझाव समेत दिए । भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र तान्जानिया भोगोलिक रुपले टाढा भएपनि व्यापारको माध्मबाट निकट राख्न सकिने बताए । उनले विभिन्न व्यापार मेलामा द्विपक्षीयको सहभागिता व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्कले दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृत बनाउने जानकारी दिए ।

नेपाल र तान्जानिया दुवै कृषिजन्य पर्यटकीय मुलुक भएकोले तान्जानियाका राजदूतले तान्जानियाको आर्थिक संभाव्यता बारे जानकारी गराएका थिए । साथै उनले तान्जानिया वन्यजन्तु आरक्षण स्थल रहेको समेत जानकारी दिए । नेपाल र तान्जानियाबीच सन् १९७५ को जनवरीमा कूटनीतिक सम्बन्ध कायम भएको हो । त्यसयता नै बहुपक्षीय फोरमहरूमा नेपाल र तान्जानियाले एकअर्कालाई सहयोग गर्दै आइरहेको छ । नेपाल जस्तै तान्जानिया पनि असंलग्न आन्दोलनको सदस्य राष्ट्रमा पर्छ । नेपाल र तान्जानिया संयुक्त राष्ट्रसंघको सशक्त सदस्य हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x