भेटायो एपको ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना
काठमाडौं । घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत भेटायोले एउटा घर पाँच हजार आठ सय रुपैयाँमा झिलिमिली उज्यालो बनाउने बताएको छ । साथै बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्नेछ ।
यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनको लागि मात्र रहने कम्पनीले जनाएको छ । साथै सफाइ, पेन्टिङ र लुगा धुने काममा समेत १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस दीपावलीका लागि भटायोले तपाईँको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरू पनि ल्याएको छ । जसअनुसार मेघा बिक्रीमा सरसफाइ, पेन्टिङ, लुगा धुने र सवारीसाधन धुन १५ प्रतिशतसम्म छुट र थप यसमा महादक्षिणा प्रोमो कोड प्रयोग गरी ५ प्रतिशत छुट पाउन सकिन्छ । यस्तै पञ्चकन्या एसएस ट्याङ्की सामसुङ वासिङ मेसिन, एयर कन्डिसनर, गिजरजस्ता विभिन्न वस्तुहरूमा विशेष छुट पाइने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया