Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमईको उत्सव अफर, सातौँ हप्ताको नतिजा घोषणा

आईएमईको उत्सव अफर, सातौँ हप्ताको नतिजा घोषणा


काठमाडौं । दशैँ, तिहार, छठ र नेपाल संवत्जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफरअन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा बिहीबार फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन् । उनीहरूले संयुक्त अरब इमिरेट्स र मलेसियाबाट आईएमईमार्फत पैसा पठाएका थिए । विजेताद्वयले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु विके, मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता रानामगर दैनिक विजेता छनोट भएका छन् । उनीहरू प्रत्येकले एक–एक सेट सामसुङ मोबाइल उपहारस्वरूप प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम सञ्चालन भइरहेको छ । अफरअनुसार विदेशबाट आइएमईमार्फत् आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल उपहारस्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ र अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ ।

उक्त अफर २०७९ साल भदौ १६ गतेदेखि सुरु भएको र कार्तिक १६ गतेसम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक गरिने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x