Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाको ट्यागलाइन ‘दिउँसै झप् झप्, कोकले अप’

कोका–कोलाको ट्यागलाइन ‘दिउँसै झप् झप्, कोकले अप’


काठमाण्डौँ,फागुन २०
कोका–कोला नेपालले किशोर÷किशोरी र युवाहरुलाई दिउँसको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाऊन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ । कम्पनीका अनुसार नयाँ क्याम्पेनको ट्यागलाइन ‘दिउँसै झप् भफ्, कोकले अप’ रहेको छ । क्याम्पेनको एक हिस्साको रुपमा कोका–कोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेश जङ्ग कुँवरलाई फीचर गरेर नयाँ टिभीसी सार्वजनिक गरेको छ । मध्यदिउँसो सुस्ताका कारण निद्रा लागेको महसुस गरिरहेकी स्वस्तिमाले कोका–कोला अर्डर गर्दै टिभीसी सुरु हुन्छ ।

उनी झप् झप् भएर निदाउँदा उनका क्रश (नितेश) आएका हुन्छन् र उनीले नितेशसँग भेट्ने विशेष अवसर छुटाउँछिन् । जब उनीले चिसो कोका–कोला पिउँछिन्, त्यसपछि तुरुन्तै उनको इनर्जी कोका–कोलाको रिफ्रेसिङ्ग स्वादबाट अपलिफ्ट हुन्छ । त्यसपछि उनी दौउडिदै ऊंघी रहेका नितेश भएको ठाँउमा जान्छिन् र चिसो कोक नितेशको गालामा लगाइदिन्छन् र नितेश पनि उठ्छन् । यस क्याम्पेनका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिउँसलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्ने बताए । कोका–कोला कम्पनी नेपालले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x