Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभृकुटीमण्डपमा जुत्ताचप्पल सेल मेला, ७० प्रतिशतसम्म छुट

भृकुटीमण्डपमा जुत्ताचप्पल सेल मेला, ७० प्रतिशतसम्म छुट


काठमाडौं । राजधानीको भृकुटीमण्डप प्रवेशद्वारसँगैको सानो चौरमा विभिन्न सातवटा स्वदेशी जुत्ताचप्पल कम्पनीहरुको सहभागितामा सोमबारदेखि जुत्ताचप्पलको सेल मेला सुरु भएको छ ।

नेपाली उत्पादनलाई प्रत्साहन गर्ने उद्देश्यले मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला आयोजकले जनाएका छन् । मेलामा नेपालका प्रख्यात जुत्ताचप्पल उत्पादक कम्पनीहरु शिखर शुज, प्राइड स्वदेशी जुत्ता, वन वोल्ड सुज, बोस सुज, फुट स्टेप, हिमानी कलेक्सन तथा बेम्बो सुजका महिला पुरुष दुवैका लागि हुने फुटवेयरहरु राखिएको आयोजकले जनाएका छन् । मेलामा जाडो र विवाहको सिजनलाई लागि लक्षित नयाँ ब्राण्डका जुत्ताचप्पल राखिएको प्राइड सुजका संचालक रामहरि तोलाङले बताए ।

मेलामा क्याजुअल, स्पोर्टस्, पार्टी, बुट स्कुल, कलेज, कर्मचारीका युनिफर्म जुत्ताका साथै पुरुष, महिला र बालबालिकाका जुत्ताचप्पल राखिएका छन् । मेलामा १ सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्मका जुत्ता भारी छुटमा किन्न पाइने रामहरि तोलाङले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x