टीभीएसको कायापलट योजना अब ३ दिन बाँकी
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तीन दिन मात्र बाँकी छ ।
यस योजनाको भरपूर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न छिटो टीभीएसका कुनै पनि दुई पांग्रे सवारीसाधन किन्न कम्पनीले आग्रह गरेको छ । योजनामार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेका छन् । नकिन्दै एक लाख, किन्दा दश लाख प्रप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउने कम्पनीले जनाएको छ । यसका साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी सी३० स्मार्टफोन र २५ प्रतिशत डाउनपेमेन्ट र चार हजार दुई सय ७७ रुपैयाँको मासिक ईएमआईमै बाइक तथा स्कुटर पाउनसक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन् ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर एक सय ४० भन्दा बढी डिलरहरु छन् । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित रहेको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया