Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा सुविधाहरुको साथमा

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा सुविधाहरुको साथमा


काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा प्रोटेक्टअन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको छ । कम्पनीले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट शुभारम्भ गरेको हो ।

सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूति प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति प्रदान गर्ने उद्देश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरुसहित ल्याइएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त कम्पनीको प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यकताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु रहेको बताए । ग्राहकहरुको आकांक्षाबमोजिम टाटा प्रोटेक्टअन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकहरुलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने उनको भनाइ छ ।

त्यसैगरी टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेशनल बिजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेहिकल बिजनेस अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको बताए । टाटा प्रोटेक्ट विश्वबजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रवद्र्धनमा पनि सहयोग मिलेको उनको भनाइ थियो । टाटा प्रोटेक्टका विस्तारित सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्राहकहरुको नाफामा समेत वृद्धि हुने र ग्राहकहरुले तनावमुक्त सेवा तथा सुविधाहरुको मजा लिने कुरामा विश्वस्त रहेको उनले बताए । टाटा प्रोटेक्टअन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पार्ट्स, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वि केयर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् ।

मास्टर केयर प्लसअन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा छन्, जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ । टाटा जेन्युन पार्ट्सअन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्ट्सहरुमा छ महिना वा ५० हजार किमिसम्मको वारेन्टी सुविधा छ । एक्सप्रेस सेवाअन्तर्गत चार घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तिको व्यवस्था कम्पनीले गर्नेछ । टाटा जिप्पीअन्तर्गत ४८ घण्टाभित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तिको व्यवस्था रहेको छ । कम्पनीका अनुसार ग्राहकहरुको सेवाको लागि कस्टमर हेल्पलाइनको व्यवस्था रहेको छ, जुन २४ घण्टा सात दिन उपलब्ध रहनेछ । टाटा सिल्डअन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुने र नगदरहित बीमादाबी सुविधाहरु पनि रहेको कम्पनीले जनाएको छ ।

टाटा अलर्टअन्तर्गत कम्पनीले तोकेका हाइवे करिडोरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा छ घण्टाभित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टाभित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ । यस्तै वि केयर सेवाअन्तर्गत वर्कशपमा गाडी बनाउँदा ग्राहकले अपेक्ष गरेबमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था छ । अनलाइनमार्फत सम्पन्न उक्त कार्यक्रममा टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुको साथमा टाटा मोटर्सका उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x