Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिद्धि सिद्धिको शून्यको कमाल उपभोक्ता मालामाल योजना सार्वजनिक

रिद्धि सिद्धिको शून्यको कमाल उपभोक्ता मालामाल योजना सार्वजनिक


काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी रिद्धि सिद्धिले शून्यको कमाल उपभोक्ता मालामाल योजना सार्वजनिक गरेको छ । यो हात खाली नजाने उपहारअन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् ।

यस कुपनहरुमा पाँच सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म उल्लेख गरिएको हुन्छ । साथै शून्य अंक उल्लिखित कुपन प्राप्त गरी आफ्नो कुपनमा भएको रकम पछाडि शून्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिन्छ । यद्यपि ५० भन्दा धेरै संख्यामा शून्यको कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्यलाई पछाडि जोडेर एक लाखसम्म रकम प्राप्त गर्न मिल्नेछ । उदाहरणको लागि १० हजार रुपैयाँको कुपन भएमा त्यसको पछाडि एउटा शून्य थपेर एक लाख रुपैयाँसम्म रकम पाइन्छ । यदि पाँच हजार रुपैयाँ वा सोभन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिक सम्पर्क नम्बरमा रजिष्टर गर्नुपर्नेछ । उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थलमै रकम प्रदान गरिनेछ ।

कम्पनीको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई उच्च प्राविधिक प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्नु हो । यसै क्रममा कम्पनीले ग्राहकहरुलाई विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसपालि भने ग्राहकहरुलाई प्रेरित गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना मंगलबारदेखि सुरु भएको र आगामी पुस ३० गतेसम्म मात्र लागू हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x