दराज ११.११ लागि १८ प्रमुख बैंकहरूसँग सम्झौता
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन शपिङ फेस्टिभल ११.११ को लागि दराजले नेपालका प्रमुख १८ वटा बैंकहरुसँग सम्झौता गरेको छ । ११ लाख उत्पादनहरूमा ८० प्रतिशतसम्मको छुटसहित दराजले ११.११ को पाँचौँ संस्करण यही कात्तिक २५ गते (११ नोभेम्बर २०२२)मा सुरु हुने घोषणा गरेको छ ।
दशैँ धमाका अभियानको सफलतापश्चात् दराजले आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको जनाएको छ । यसभित्रको पहिलो पहल भने ग्राहकहरूलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैंकहरूसँगको साझेदारी गर्नु रहेको कम्पनीको भनाइ छ । बैंक र प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानहरूको महत्वपूर्ण हिस्सा छ । कम्पनीले दराज ११.११ को बैंक र प्रिपेमेन्ट छुटहरू अझ ठूलो र राम्रो हुने आश्वासन दिएको छ । ११.११ को लागि दराजले डेबिट/क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २० प्रतिशत (अधिकतम ३ हजार रुपैयाँ) छुट प्रदान गर्न नेपालका १८ वटा अग्रणी बैंकहरूसँग साझेदारी गरेको हो । उक्त बैंकका ग्राहकहरूले दराज ११.११ अभियानको सम्पूर्ण अवधिमा डेबिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम २५ सय) र क्रेडिट कार्डमार्फत २० प्रतिशत (अधिकतम तीन हजार) सम्मको छुट प्राप्त गर्नेछन् ।
दराज ११.११ अभियानका लागि दराजले नबिल, कुमारी, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, सनराइज, मेगा, एनएमबी, सिटिजन्स, नेपाल बैंक, एनसीसी, नेपाल एसबीआई, सेन्चुरी बैंकसँग सम्झौता गरेको छ । यसैगरी दराजले ज्योति विकास बैंक, सांग्रिला, सिद्धार्थ बैंक, हिमालयन बैंक र कामना सेवा बैंकसँग पनि साझेदारी गरेको जनाएको छ । कम्पनीका अनुसार प्रि–पेमेन्ट छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया