Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट

यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट


काठमाडौं । लिभिङ विथ आईसीटीको आयोजनामा काठमाडौैंस्थित बानेश्वर ब्यान्क्वेटमा आज अर्थात् शुक्रबारदेखि यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुनलागेको छ । उक्त कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता रहनेछ ।

यसका अतिरिक्त विभिन्न कलेजका विद्यार्थीले विकास गरेका इन्नोभेसन र रकेट साइन्स क्याम्प पनि आयोजना हुँदै छ । दुई दिनसम्म चल्ने फेस्टमा १०० बढी स्टार्टअप र इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राख्नेछन् । स्टार्टअप एण्ड आइडिया फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्न सातै प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट सफलतापूर्वक सम्पन्न गरेपछि काठमाडौंमा पनि आयोजना गर्न लागेको कार्यक्रमका संयोजक राजन लम्सालले बताए । यस कार्यक्रमले स्टर्टाअप र इन्नोभेसनमा लगानी गर्दै प्राथमिकतामा राखेर काम गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउने आयोजकको अपेक्षा छ । फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई/भीआर लगायतका गतिविधि हुने आयोजकले जानकारी दिएको छ । स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । फेस्टमा १० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

बुधबार मात्रै आईसीटी अवार्डका स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई मेन्टरिङ तथा ओरियन्टेसन सेसन सम्पन्न गरिएको थियो । त्यस्तै सातै प्रदेशमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्टबाट छनोट भएका ४० बढी उत्कृष्ट स्टार्टअप तथा आइडियाहरूका लागि समेत मंगलबारदेखि बिहीबारसम्म तीन दिने बुटक्याम्प सञ्चालन भएको थियो । आईसीटी अवार्डको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x