Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली युवा उद्यमी मञ्चको पोखरा लोमान्थाङ मोटर -याली

नेपाली युवा उद्यमी मञ्चको पोखरा लोमान्थाङ मोटर -याली


पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले पोखरा–लोमान्थाङ मार्गमा मोटर -याली आयोजना गरेको छ । कास्कीको पोखरादेखि चीन र नेपालको सिमाना कोरलासम्मको -याली बिहीबार पोखराबाट सुरु भएको हो ।

आइतबारसम्म हुने उक्त मोटर -यालीको नारा ‘आन्तरिक पर्यटनका लागि सबैसँगै’ रहेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी शाखा प्रमुख काशीराज भण्डारीले झण्डा हल्लाएर -याली उद्घाटन गर्दै सहभागी टोलीलाई विदाइ गरेकी थिइन् ।

कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई यस -यालीले माथि उकास्न सहयोग गर्ने प्रमुख उनले बताइन् । यस कार्यक्रमले आपसी भाइचारा बढाउँदै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने प्रमुख भण्डारीको भनाइ थियो । भविष्यमा उद्योगको क्षेत्रमा समेत योगदान पु-याउनसक्ने युवा उद्यमीले -याली आयोजना गर्नु नै हरेक क्षेत्रबाट महत्वपूर्ण रहेको उनले बताइन् । सातवटै प्रदेशका विभिन्न च्याप्टरका ६० भन्दा बढी सदस्य तथा युवा उद्यमी -यालीमा सहभागी छन् । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न मोटर -याली देशव्यापीरुपमा आयोजना गर्दै जाने नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछानेले जानकारी दिए । मञ्चले यसभन्दा अघि मेची महाकाली मोटर -याली गरिसकेको छ ।

स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्न यसले टेवा पु-याउने नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुयस मल्लले बताए । यसबाट मुस्ताङको भौगोलिक अवस्था र संस्कृति बुझ्नाका साथै सबै च्याप्टरका पदाधिकारीबीच भेटघाट गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको र यसबाट गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा केही भए पनि राहत मिल्ने उनले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x