Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई दशैँ अफरको आठौँ र नवौँ हप्ताको विजेता घोषणा

आईएमई दशैँ अफरको आठौँ र नवौँ हप्ताको विजेता घोषणा


काठमाडौं । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी उत्सव अफरअन्तर्गत आठौँ र नवौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा बिहीबार फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार कतार र जापानबाट आईएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरू रन्जीत कुमार यादव र दीर्घराज जोशी आठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । त्यस्तै करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाह नवौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट भएको कम्पनीले जनाएको छ । उनीहरूले क्रमशः संयुक्त अरव इमिरेट्स र कुवेतबाट आईएमईमार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएको थिए । चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर शिङ्घ, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार शिङ्घ, हिराबहादुर बि.क. र इर्कु पाश्वान आठौँ हप्ताको लागि दैनिक विजेता छनोट भएका छन् । उनीहरुले कतार, कुवेत, बहराइन, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, कतार र जापानबाट आईएमईमार्फत अफर अवधिमा पैसा पठाएका थिए ।

त्यसैगरी शहदेव महरा, प्रमोद कुमार खाङ्ग, विनोद माझी, गोपाल सार्की, आनन्द प्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरूले कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, दक्षिण कोरिया, बहराइन, जापान, संयुक्त अरब इमिरेट्स र कुवेतबाट अफर अवधिमा पैसा पठाएका थिए । उनीहरु प्रत्येकले एक/एक सेट सामसङ मोबाइल उपहारस्वरूप प्राप्त गर्नेछन् । बाँकी सर्वाधिक पुरस्कार राशीको एक बम्पर विजेता छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सावर्जनिक गरिने कम्पनीले जनाएको छ ।

आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित यस पटकको स्किमअनुसार विदेशबाट आईएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल र हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिने कम्पनीको भनाइ छ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर गत भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कुल नौ हप्ता अर्थात् ६३ दिन चलेको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x