Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशौर्य सिमेन्टको ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर

शौर्य सिमेन्टको ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर


काठमाडौं । शौर्य सिमेन्टले देशव्यापी रूपमा ’शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत उपभोक्ताहरूले हरेक ५० बोराको खरिदमा एक प्रति कुपन प्राप्त गरी हात खाली नजाने कुपन स्क्र्याच गरी नगद पाँच सयदेखि १० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, ५० बोराभन्दा बढीको खरिदमा एकभन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अंक उल्लिखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी एक लाख रुपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । कुपन प्राप्त गरेको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थलमै रकम प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर कात्तिक १५ गतेदेखि सुरु भई पुस ३० गतेसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिज सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । कम्पनीले ४३ ग्रेड ओपीसी, ५३ ग्रेड ओपीसी, पीएससी र ५३ ग्रेडको पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरूपता कायम गरी उत्कृष्ट सिमेन्ट उत्पादन गर्दै आएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x