Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदुईदिने यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सकियो

दुईदिने यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सकियो


काठमाडौं । अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आईसीटीले आयोजना गरेको दुई दिने यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सकिएको छ । शुक्रबारदेखि सुरु भएको फेस्ट शनिबार सम्पन्न भएको हो ।

स्टार्टअप एण्ड आइडिया फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा भएको समापन कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले नयाँ–नयाँ इन्नोभेसन र आइडियाले देशलाई जोड्ने बताए । नेपालको व्यापार घाटाको सन्दर्भलाई जोड्दै उनले डिजिटल अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राखे । डिजिटल अर्थतन्त्र निर्यातमुखी बनाए त्यसले नेपालको व्यापारघाटा कम गर्ने उनको भनाइ छ । त्यस्तै कार्यक्रममा नलेज एक्सपर्ट श्रेष्ठले सातै प्रदेशमा गएर युवाहरूका इन्नोभेटिभ आइडिया छनोट गरेर काठमाडौं ल्याएको जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेशबाट आफ्नो अनुभव सेयर गर्दै सञ्चित पन्तले स्टार्टअपको विकासका लागि स्टार्टअप एण्ड आइडिया फेस्ट एउटा राम्रो कदम भएको बताइन् । त्यस्तै गण्डकी प्रदेशबाट आफ्नो अनुभव सेयर गर्दै एक्सडिजोका संस्थापक दिनेश थापाले सूचना प्रविधिको विकास र विस्तार गर्न फेस्टले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै यसअघि भएको तीन दिनको बुटक्याम्पले आफ्नो स्टार्टअपलाई अझै माथि लैजाने धेरै कुरा सिकाएको उनको भनाइ छ ।

इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ इन एसोसिएसन विथ जेनेसको प्रि इभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्ट १५ हजार बढीले अवलोकन गरेका छन् । कार्यक्रममा नेपाल टेलिकमका घिमिरेले स्टार्टअप र इन्नोभेसनको विकासका लागि यस्ता कार्यक्रमलाई टेलिकमले सधैँ सहयोग गर्ने जानकारी दिए ।

कार्यक्रममा यार्सा ल्याब्सका प्रबन्धनिर्देशक सुशील भट्टराईले फेस्टमा भएका आइडिया र स्टार्टअपले नेपालको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । त्यसैगरी प्राधिकरणका डेपुटी निर्देशक पौडेलले सरकारले गर्न नसकेको काम लिभिङ विथ आइसिटीले गरेको बताए । उनले सेवा पुगेर त्यसको समुचित प्रयोग भएमा मात्रै देशमा आईसीटीको विकास हुने बताए ।

दुई दिनसम्म चलेको फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आइडियासँगै इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित सय बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । कार्यक्रममा आईसीटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ गर्न सकिने व्यवस्था गरिएको थियो ।

रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि उक्त विद्युतीय भोटिङ मेसिन राखेको छ । द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्यमा यसका अतिरिक्त स्टिम क्याम्प र एस्टोरोइड वर्कशप पनि आयोजना भएको थियो । फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भएको आयोजकले जानकारी दिएको छ ।

यस कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, एनआईटीसी, नाष्ट, एफएनसीसीआईलगायतको पनि सहयोग तथा सहकार्य रहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x