Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो : देशको लोकप्रिय स्मार्टफोन ब्रान्ड

भिभो : देशको लोकप्रिय स्मार्टफोन ब्रान्ड


काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभो नेपालमा छोटो समय अवधिमै देशको लोकप्रिय स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । आफ्नो ग्राहक–केन्द्रित दृष्टिकोणलाई पछ्याउँदै भिभो सधैँ नवीन प्रविधिद्वारा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न प्रयासरत छ ।

उत्कृष्ट क्यामेरा क्षमता, तीव्र चार्ज हुने टेक्नोलोजी, अत्याधुनिक डिजाइनलगायतमा नवीन प्रविधिमार्फत भिभोले आकर्षक विशेवषताहरु प्रदान गर्दै आइरहेको छ । ब्रान्डको मुख्य फोकस भनेको ग्राहकको आवश्यकता वरिपरि केन्द्रित रहेर उनीहरूको लागि अझ उत्कृष्ट प्रविधिको विकास गर्न निरन्तर लागिपर्नु हो । भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले नेपालमा भिभोले छोटो समयमा यति धेरै उपलब्धि हासिल गरेको देख्दा खुसी लागेको बताए । देशमा उत्कृष्ट प्रविधिहरू र अत्याधुनिक विशेषता भएका स्मार्टफोनहरू ल्याएर उपभोक्ताको मागहरू पूरा गर्दै उनले जनाए । नेपालमा सुरुवातदेखि नै भिभोले ग्राहकको आवश्यकता र सन्तुष्टिमा विशेष ध्यान दिँदै आइरहेको छ । हाल भिभोको देशभर एक हजारभन्दा बढी रिटेल स्टोरहरू छन् । नेपालमा विभिन्न स्थानमा रहेका चारवटा सर्भिस सेन्टरमार्फत भिभोले सहजै ग्राहकहरुको समस्या समाधान गर्दै आइरहेको छ ।

साथै, भिभोले आफ्ना उपभोक्ताहरूलाई थप सेवा तथा सुविधाहरु प्रदान गर्न प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म भिभो सर्भिस डे तथा अन्य विभिन्न पहलहरू सञ्चालन गर्दै आइरहेको छ । ‘भिभो सर्भिस डे’का दिन ग्राहकहरूले फोन सफा गर्न, डिसइन्फेक्टेन्ट, सिस्टम रिकभरी, सफ्टवेयर अपग्रेड, एक–घण्टा फ्ल्यास मर्मत, निःशुल्क श्रम मर्मत र सुरक्षात्मक स्टिकरहरूसहित बिक्रीपछिका सेवाहरूको निःशुल्क लाभ लिन सक्नेछन् । यस्तै भिभोले विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ । ‘भी आर गर्जियस’ अभियानअन्तर्गत भिभोले प्रयोगकर्तालाई ‘सेयर योर गर्जियस स्टोरी’ नामक प्रतियोगितामार्फत आफ्नो रुपान्तरणको यात्रा सेयर गरेर अरुलाई पनि हौसला प्रदान गर्न उत्प्रेरित गरेको थियो । त्यसैगरी, ‘भिभोटाइन फोटोग्राफी प्रतियोगिता’मार्फत, ब्रान्डले फ्यानहरूलाई आफूलाई विशेष लाग्ने तस्बिर क्लिक गरेर फोटोग्राफीको सृजनात्मक प्रतिभालाई बाहिर निकाल्ने प्लेटफर्म दिएको थियो ।

यस्तै भिभोले दशैं अभियान लगायत चाडपर्व अफर र अन्य अभियानहरुमार्फत धेरै अफर र छुटहरू पनि प्रदान गर्दै आइरहेको छ । भिभो नवीनता र प्रविधिमा विश्वास गर्ने ब्रान्ड हो, जसले प्रत्यक्ष रूपमा जीवनशैली र जीवन जिउने तरिकालाई सुधार्न मद्दत गर्दछ । भिभोले सबैका आवश्यकताहरू पूरा गर्न विभिन्न प्रकारका नवीन र अत्याधुनिक उत्पादनहरू प्रदान गर्दै आएको जनाएको छ । वाई शृंखलाका स्मार्टफोनहरू युवा श्रोताहरूका लागि शक्तिशाली प्रदर्शन, उच्च गुणस्तरको क्यामेरा र ब्याट्रीका साथ तिनीहरूको हरेक आवश्यकता पूरा गर्न र तिनीहरूको जीवनशैलीलाई समर्थन गर्न डिजाइन गरिएको हो ।

अर्कोतर्फ, भी सिरिजले नयाँ क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन र प्रचलित डिजाइनका साथ सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरूलाई फेसनशील रहन र फोनलाई आफ्नो स्टाइलसँग म्याच गर्न सक्षम बनाउँछ । भी सिरिजले भी२३ र भी२५ सिरिजमा रंग परिवर्तन हुने ग्लास टेक्नोलोजी ल्याएको छ जसले प्रयोगकर्ताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x