Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायाटिभीको विश्वकपलक्षित अफर

भायाटिभीको विश्वकपलक्षित अफर


काठमाडौं । आउँदै गरेको फिफा विश्वकप–२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत भायाटिभीका ग्राहकहरुले पाँच सय रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्न पाउनेछन् । साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन् ।

भायाटिभीका हालका ग्राहकहरूले पाँच सय रुपैयाँमा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन् । यो अफर सेट–टप–बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ । यसबाहेक भायाटिभीको ‘ब्रिंग होम द गेम’ अफरअन्तर्गत ग्राहकहरूले एक सय ५० रुपैयाँमा प्रतिमहिना भायाटिभी र नौ सय ९९ रुपैयाँमा प्रतिमहिना दुई सय एमबीपीएस भायानेट अल्ट्रा–फाई इन्टरनेट पनि पाउन सक्नेछन् । वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडेबापत नयाँ हिमस्टार टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र १२ हजार एक सय २३ रुपैयाँसम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र २४ हजार तीन सय ३५ रुपैयाँसम्मको मूल्यमा खरिद गर्न पाउनेछन् ।

यसका साथै भायाटिभीको आईएसपी पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट–टप–बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटरमध्ये एउटा एक्स्ट्रा राउटर पनि लिनसक्ने विकल्प दिएको छ । यो अफर नोभेम्बर २० मा सुरु हुने फुटबल विश्वकपको प्रतीक्षामा रहेका सबै फुटबल फ्यानहरूका लागि विशेष रहने कम्पनीको विश्वास छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x