वर्ल्डकप थिमसहित बिजबजारको ‘२० मा बिज’
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले वर्ल्डकप थिमसहित ‘२० मा बीज’ सञ्चालन गरेको गरेको छ । कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते ‘२० मा बिज’ नामक क्याम्पेन सञ्चालन गर्दै आएको छ ।
कात्तिक महिनाको क्याम्पेन वल्र्डकपको थिमसहित शनिबार रातिदेखि आइतबारसम्म सञ्चालन गरेको हो । यस क्याम्पेनअन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा विन्टर रेडी होम योजनामा ७४ प्रतिशतसम्म, वर्ल्डकपको क्रेज योजनामा ६४ प्रतिशतसम्म, किप इट वार्म योजनामा ६३ प्रतिशतसम्म र विन्टर ब्युटी एसेन्सियल्स योजनामा ३७ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै आइतबार सामान अर्डर गर्ने सेवाग्राहीहरूका लागि कम्पनीले डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पनि प्रदान गरेको जनाएको छ । यस्तै कम्पनीले फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गरेको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया